२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

अर्घाखाँचीका नेता रामबहादुर चौहान प्रचण्ड-नेपाल पक्षमा

लक्ष्मण घिमिरे ।
अर्घाखाँची।
नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्घाखाँचीका प्रभावशाली नेता रामबहादुर चौहान प्रचण्ड–माधव नेपाल पक्षमा खुलेका छन् ।

असंवैधानीक कदमको साथ दिन नसक्ने भन्दै नेता चौहानले सत्यको पक्षमा लाग्ने बताए । संविधानका सबै धारा मिचेर त्यसको अपव्याख्या गर्ने ओलीबाट देश र संविधान खतरामा पारेको उनको भनाई छ । सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा नेता चौहानले नेकपाको केन्द्रीय सदस्यमा बहुमत भएको पक्षमा लागेको खुलासा गरेका छन् । संविधानमा मात्र ‘कु’ नभएको भन्दै उनले पार्टीका विधिविधान माथी पनी ओलीले ‘कु’ गरेको बताए ।

अल्पमतमा रहेका चार जना बसेर केन्द्रिय कमिटी विस्तार गर्नेदेखी पद खारेजी गर्ने सम्मका निर्णय विधान सम्मत नरहेको उनको जिकिर छ । उनले अबको आन्दोलनमा प्रचण्ड–माधव नेपाल पक्षलाई साथ दिने बताएका छन् । उनले संसद पुनःस्थापना हुनुपर्ने भन्दै आम जनताको अदालतमा विश्वास रहेको बताए ।

तत्कालिन नेकपा एमालेका जिल्ला सचिव समेत रहेका चौहान पार्टीका लोकप्रीय नेता हुन्। खरो स्वभावका नेता चौहान कुन पक्षमा जान्छन् भन्ने सर्वत्र चाँसोको विषय बनेको थियो । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्षदेखी अस्पताल विकास समितिको अध्यक्ष हुँदा राम्रो छवी बनाएर लोकप्रिय बनेका चौहान विधि र पद्दतीका लागी संघर्ष गर्दै आएका नेता हुन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (50%)
  • दुःखी (13%)
  • अचम्मित (13%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?