अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ३ की एक बृद्ध महिलाले ८० बर्षको उमेरमा नेपाली नागरिकताका प्राप्त गरेकी छिन् ।
मालारानी गाउँपालिका वडा नम्वर ३ खनार घर भई विगत ४० बर्ष देखि छोरीको घर सन्धिखर्क नगरपालिका २ कुरमा बस्दै आएकी पोमकला खनाललाई प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा जिल्ला प्रशासनको टोलीले नागरिकता प्रदान गरेको हो ।
आफ्नो वडाको मानिस खोजी गरी अर्को नगरपालिकामा समेत आएर नागरिकता दिलाउन पहल गरेकोमा वडा अध्यक्ष शोभाखर खनालको सबैले खुलेरै प्रशंसा गरेका थिए ।
सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल,प्रहरी नायव उपरिक्षक माधब बुढाथोकी, शसस्त्र प्रहरीका डिएसपि रामकृष्ण महर्जन, मालारानी ३ का वडा अध्यक्ष शोभाखर खनाल लगायतको टोली घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।