३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

प्रदेश १ मा कांग्रेस संसदीय दलको बैठक निष्कर्षविहीन

विराटनगर । प्रदेश १ मा प्रमुख विपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

प्रदेश १ मा प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ । र, यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव समूहले पेश गरेको अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

मुख्यमन्त्री राईलाई पदमा रहिरहन र प्रचण्ड–माधव समूहलाई अविश्वासको प्रस्ताव पास गर्न पनि कांग्रेसको समर्थन चाहिन्छ । तर कांग्रेसले यसबारे केही निर्णय गरेको छैन ।

मंगलबार बसेको संसदीय दलको बैठकमा प्रदेश सरकारको भूमिकाबारे छलफल भएपनि कुनै निर्णय भएन । भोलि बुधबार विहान फेरि बैठक बस्ने संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?