अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल र केही कर्मचारीमा कोरोना पुष्टि भएको छ ।नगरप्रमुख भुसाल र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाको सेवा एक हप्ताको लागि बन्द गरिएको छ ।
संक्रमण फैलिन नदिन मंगलबारदेखि माघ १२ गते सम्म कार्यालयको सम्पुर्ण काम बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत युगलनारायण बसेलले विज्ञप्ति मार्फत जानकारी दिनुभयो । नगरपालिका भित्र सेवा संचालन गर्दा कोरोना समुदाय स्तरमा फैलने भन्दै यसलाई रोकथामको लागि गाउँपालिकाका अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको हो ।