२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

राष्ट्रिय सभाको नमुना बैठक बसेर संसद विघटनको विरोध

 काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा राष्ट्रिय सभाको नमुना बैठक गरी बिरोध जनाइएको छ । नेपाल टिन लिडर्सको आयोजनामा बुधबार काठमाडौंमा राष्ट्रिय सभाको नमुना बैठक गरिएको हो ।

नमुना बैठकमा बोल्दै सहभागीहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक र अराजनीतिक कदम भएको बताए । उनीहरुले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका थिए । संविधान कुल्चिएका कारण त्यसमा खबरदारी गर्ने कर्तव्यबोधका साथ राष्ट्रियसभाको नमुना बैठक गरिएको नेपाल टिन लिडर्सको इनिसियटर विशाल केसीले बताए ।

सडकमा गरिएको नमुना राष्ट्रिय सभाको बैठकमा बोल्ने सहभागीहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक तथा अराजनीतिक क्रियाकलाप भन्दै यसलाई खारेज गर्नुपर्ने विचार राखेका थिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई खारेज गर्नुपर्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सहभागीहरुको भनाइ थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?