८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

प्रदेश एक आर्मीसँग ४ विकेटले पराजित

काठमाण्डाै । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर एकलाई चार विकेटले हराएको छ

कीर्तिपुर मैदानमा प्रदेश एकले दिएको एक सय ३२ रनकाे लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्‍याे । आर्मीका लागि राेहित पाैडेलले ३६ रन बनाए भने भीम सार्कीले २९ र राजेश पुलामीले अविजत २४ रनकाे याेगदान गरे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले ४० ओभर एक बलमा अलआउट हुँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो । उसका लागि विवेक मेहताले ५० र फिर्दाेश अन्सारीले ३२ रन बनाए । 

आर्मीका लागि शाहब आलमले चार र आकाश चन्दले तीन विकेट लिए । 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?