३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

प्रशासन कार्यालय र स्थानीय तहबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

सन्धिखर्क । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबिच अन्तरक्रिया कार्यक्रम भुमिकास्थान नगरपालिकामा सम्पन्न भएको छ ।

स्थानीय तहबाट हुने सिफारिसमा एक रुपता ल्याउन तथा सेवाग्राहीलाई सहज र छिट्टो सेवा प्रवाह गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले स्थानीय तहबाट हुने सिफारिस र जिल्ला प्रशासन कार्यालयबाट हुने सेवाको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा, उप प्रमुख खडानन्द बेल्बासे, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउत, प्रहरी नायव उपरिक्षक माधब बुढाथोकी, नेपाली सेनाका अशोक कुमार क्षेत्री, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक रामकृष्ण महर्जन, लगायत सबै वडा अध्यक्ष तथा वडा सचिवहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?