२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

भारतको लुधियानामा रहेको अदालतभित्र बम विस्फोट हुँदा दुई जनाको ज्यान गयो

एजेन्सी । भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट भएको छ ।

अदालतको तेस्रो तलामा हिजो दिउँसो भएको बम विस्फोटमा परि दुई जनाको ज्यान गएको छ । अरु चार जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । बम विस्फोट अदालतको तेस्रो तलामा कोर्ट नम्बर ९ नजिकै बाथरुममा भएको थियो ।

वकिलहरुको हड्तालका कारण साधारण दिनको तुलनामा हिजो भिड कम थियो । अदालत भित्र कसले र किन विस्फोट गराएको भन्ने बारेमा अहिलेसम्म खुलेको छैन ।घटनाबारे थप अनुसन्धान भैरहेको सुरक्षा निकायले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?