२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउने व्यवस्था मिलाउँदै निर्वाचन आयोग

काठमाण्डाै । नेपालमा आउँदाे निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ ।

निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा भइरहेकाे महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्ताे जानकारी दिए । उनले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताएका  हुन ।

उनका अनुसार यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी थालिएको छ । विदेशमा करिब ४० लाख नेपाली नागरिक छन् । यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशमा रहेका कुटनीतिक निकायमार्फत सङ्कलन गरिएको थियो ।

नेपालमा पालिकाको अवधि २०७९ साल जेठ ५ मा सकिँदैछ । विद्युतीय मतदानलाई थप विश्वसनीय बनाउन सरकारले निर्वाचन आयोगलाई आवश्यक स्रोतको उपलब्धता, दलहरूबीचको साझा सहमति तथा प्रविधिको प्रयोगलाई अग्रता दिन प्रोत्साहन जरुरी रहेको सचिव दुवाडीले बताए ।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?