२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

प्रदेश-२ सभापतिमा देउवा समूहका उम्मेदवार कृष्णा राय यादव विजयी

काठमाण्डाै । नेपाली कांग्रेस प्रदेश–२ सभापतिमा कृष्णा राय यादव विजयी भएका छन । उनले प्रदेश-२ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गरे ।

बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार शेरबहादुर देउवा समूहका कृष्णा राय यादवले ९ सय ९६ मत ल्याए भने रामसरोज यादवले ८ सय ५५ मत पाए । विमलेन्द्र निधि र शेखर कोइराला समूहले रामसरोजलाई उम्मेदवार बनाएको थियो  ।

प्रदेश-२ मा कुल १ हजार ९३८ मतदातामध्ये १ हजार ८८१ मत खसेको थियो  । अन्य पदाधिकारीको मतगणना आजदेखि सुरु हुने कांग्रेसको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?