२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

बङ्गलादेश : ‘फेरी’ मा आगलागी हुँदा कम्तीमा ३० जनाको ज्यान गयो

एजेन्सी । बङ्गलादेशमा फेरीमा आगलागी हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । त्यहाँको झालकोटी जिल्लामा पर्ने सुगन्धा नदीमाथि फेरीमा आगलागी भएको हो ।

स्थानीय अधिकारीका अनुसार फेरीको इन्जिनबाट आगो लागेको हो । आगलागीमा परेर केही घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ भने फसेकाहरुको उद्धार भइरहेको छ । फेरीमा कसरी आगो लाग्यो भन्ने बारे अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन ।

स्थानीय पत्रकारका अनुसार ज्यान जोगाउन केही यात्रु फेरीबाट नदीमा हाम फालेका थिए । फेरीमा क्षमता भन्दा धेरै यात्रु रहेको आशङ्का गरिएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?