२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

नारायण नेपालीको समधुर स्वरमा ‘नचिनेको मान्छे’ (भिडीयो सहित)

अर्घाखाँचीका गायक नारायण नेपालीको समधुर स्वरमा सजिएको ‘नचिनेको मान्छे’ बोलको गित सर्वजनिक भएको छ ।

पुरुस्वत्तम ढुङ्गेलको रचना तथा राजनराज सिवाकोटीको सङ्गीत संयोजन रहेको छ । गायक नेपालीको वरमा सजिएको यो पहिलो सांगितिक कोशेली हो । गायक नेपालीले सोहि गितको म्युजिक भिडीयोबाट डेब्यु समेत गरेका छन ।

‘नचिनेको मान्छे’ को म्युजिक भिडीयो पनि मनछुने मार्मिक बनेको छ । एक युवा खेलाडी र आमाको कथा ‘नचिनेको मान्छे’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सरिता गिरी र नारायण नेपाली अभिनित भिडियो नारायण नेपाली युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

पबन सुस्लिङको छायाङ्कन रहेको भिडियोको निर्देशन असिम खनालले गरेका छन । यस भिडियोको सम्पादन भने सिदान्त मगरले गरेका हुन ।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?