२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

सन्धिखर्क ६ मा वडामै पुगेर याेजना सम्झौता

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले वडामै पुगेर योजना सम्झौता कार्य शुरु गरेको छ ।

छिटो छरितो सेवा प्रवाह गर्न र योजना सम्झौता गर्न नगरपालिकामा आउनु पर्ने झन्झटको अन्त्य गर्दै आज वडा नम्बर ६ मा वडा कार्यलयमै पुगेर योजना सम्झौता गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

छिटोभन्दा छिटो योजना सम्पन्न गर्ने गरि आज वडा कार्यलयबाटै योजना सम्झौता गरिएको हो । वडामै योजना सम्झौता गर्न पाएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , अधिकृत छैठो जीवनारायण आचार्य, , योजना शाखा प्रमुख नारायण पोख्रेल , लगायतको टोलीले वडामै पुगेर योजना सम्झौता गरेको हो ।

कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको प्रमुख आतिथ्यता , वडा अध्यक्ष कृष्णबहादुर आचार्यको अध्यक्षता र वडा सचिव मोहन पुरीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य रमेश खड्का , मिना सुनार, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, उपभोक्ता समितिका इन्द्रमणि न्यौपाने, पदम खत्री लगायतले मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?