अर्घाखाँची । नेपाल निजामति कर्मचारी युनियन अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा माधव अर्याललाई सर्वसम्वत चयन गरेको छ ।
यस्तै खुल्ला उपाध्यक्षमा दिपक पाण्डे, समावेशि उपाध्यक्षमा बिष्णु आचार्य, महिला उपाध्यक्ष मञ्जु खनाल, सचिवमा अर्जुन रेग्मी, सहसचिवमा रमेश न्यौपाने र कोषाध्यक्षमा शिवहरी खनाल निर्वाचित भएका छन् । यसैगरी सदस्यमा क्रमशः गिता भुसाल, दुर्गा बि।क।, हिमा न्यौपाने, पुनाराम भुसाल, भाष्कर आचार्य, जगदिश्वर पाण्डे, ऋषव कुमार श्रेष्ठ, गिरी प्रसाद मरासिनी, चन्द्रमणि आचार्य र रमेश भट्टराई रहेका छन् ।
अधिवेशनले महाधिवेशन प्रतिनिधि पनि चयन गरेको छ । महाधिवेशन प्रतिनिधिहरुमा शेषकान्त घिमिरे “ओशन”, विकल्प भट्टराई, रवि अर्याल, रुकेन्द्र पालुङ्गे र शालिकराम पन्थी छनौट भएका छन् । भने महाधिवेशन पर्यवेक्षकका रुपमा मञ्जु खनाल र नुमलाल खनाललाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका सदस्य बिष्णु खनालले जानकारी दिए ।
यस्तै कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीमा रिक्त रहेको सहसचिव पदमा मञ्जु खनाल र सदस्यमा नारायण प्रसाद दमासे, कर्मचारी युनियनको विभागिय सदस्यमा राजेन्द्र भट्टराई, राजन पाण्डे, राम प्रसाद आचार्य, फर्शुराम पाण्डे र धर्मराज भुसाललाई सिफारिस गर्ने निर्णय भएको खनालले बताए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश सम्योजक मदन गौतम, केन्द्रीय सचिव मदन गौतम, नेपाली काङ्ग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तथा पुर्व पार्टी सभापती कमल प्रसाद भुसाल, युनियन केन्द्रीय सदस्य इन्दुराज शर्मा, लुम्बिनी प्रदेस साम्सद तथा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि निर्मला क्षेत्री, लुम्बिनी प्रदेस सदस्य तथा महाधिवेशन प्रतिनिधि शान्ता भण्डारी, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, महाधिवेशन प्रतिनिधि तथा सितगङ्गा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारि, महाधिवेशन प्रतिनिधि तथा छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, काङ्ग्रेस जिल्ला सचिव तथा पानीनी गाउँपालिका अध्यक्ष अच्युत गौतम, आधिकारिक ट्रेड युनियनका अध्यक्ष झबिन्द्र खनाल, कपिल्वस्तु अध्यक्ष झक बहादुर आले, नेपाल शिक्षक संघका लालमणी पौडेल, पुर्व अध्यक्ष प्रकाश भट्टराई, निजामती कर्मचारी संगठनका अध्यक्ष सिला पोख्रेल, पत्रकार महासंघका अध्यक्ष असोक खनाल, नेपाल कर्मचारी सङठन निजामतिका जिल्ला अध्यक्ष अरुण आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्याल, पानीनी गाउपालिका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरे, छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्त, नेपाली काङ्ग्रेसका उपसभापति बिस्नु प्रसाद भुसाल, बाबुराम पौडेल, जिल्ला सचिब कृष्ण खनाल, सहसचिव कमल पौडेल, मेघराज पान्डे, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, पत्रकार लगायत युनियनकर्मिहरुको उपस्थिती रहेको थियो ।
यसअघि उद्घाटन शत्रमा बोल्ने अधिकांस बक्ताहरुले नेपालको हरेक अभियानमा नेपाल निजामती कर्मचारी युनियनले खेलेको भुमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै काङ्ग्रेस पार्टी नेपाल निजामति कर्मचारी युनियनको साथमा निरन्तर रहिरहने बताएका थिए ।
कार्यक्रममा राष्ट्र सेवक कर्मचारीबाट सेवा निवृत्त भएका पुर्व युनियनकर्मी तथा उनका परिवारका सदस्यलाई दोषल्ला ओढाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष शेषकान्त घिमिरे ओशनको अध्यक्षता, उपाध्यक्ष माधव अर्यालको स्वागत मन्तव्य र सचिव रवि अर्यालको सन्चालनमा सम्पन्न भएको हो ।