१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

ग्रीसको टापुमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको ज्यान गयो

ग्रीसको सामुद्रिक टापु पारोस नजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा १६ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा १२ पुरुष, तीन महिला र एक शिशु रहेका बीबीसीले जनाएको छ ।

मध्य एसियन सागरमा चार दिनको अन्तरमा आप्रवासी शरणार्थीहरू दुर्घटनामा परेको यो तेस्रो घटना हो ।

टर्कीबाट इटली गइरहेको डुङ्गामा ८० जना सवार थिए । एसियन सागर मुख्य गरी ग्रीस, अफ्रिका र मध्यपूर्वका शरणार्थी र आप्रवासीहरूका लागि युरोपेली सङ्घमा जाने मुख्य मार्गमध्येको एक हो । तर सन् २०१५ देखि शरणार्थीहरुले यो मार्गको प्रयोग गर्न छाडेका थिए ।

गएको बिहीवार र बुधवार पनि डुङ्गा डुबेका थिए । सन् २०२१ मा ग्रीसले एक हजार ४ सय ५० खोज तथा उद्धार अभियानमार्फत २९ हजार भन्दा बढी मानिसको उद्धार गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?