२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

‘मुन्द्रेको कमेडी क्लब’ लिएर पुनः आउँदै जितु

हास्य कलाकार जितु नेपाल पुनः टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन् । मुन्द्रेको कमेडी क्लब बन्द गरेका उनी पुनः टेलिभिजन कार्यक्रम लिएर आउन लागेका हुन् ।

“मुन्द्रेको कमेडी क्लब पुनः प्रसारण होस् भन्ने धेरैको चाहना रहेकोले पुनः आफ्नो कर्मतिर लाग्दै छु । हिजोका केही  कमीकमजोरीहरुलाई हटाउँदै नयाँ जोश, जाँगर र उत्साहसहित आउन लागेकाे छु,” उनले बाह्रखरीसँग भने, “नयाँ अनुहार, नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोगसहित आउने छौं ।”

कार्यक्रममा नयाँ पात्र समावेश हुने बताएका उनले दिनेश डि.सी.ले कार्यक्रम निर्देशन गर्ने जानकारी दिए । कार्यक्रम प्रशारण हुने टेलिभिजन र मिति पनि फरक हुने बताएका जितुले भनेका छन्, “मुन्द्रे केही आत्तिएला तर मात्तिने छैन । मुन्द्रेले धेरै हसाउन नसक्ला तर रुवाउने छैन । मुन्द्रेले धेरै राम्रो गर्न नसक्ला तर नराम्रो गर्ने छैन ।”

दर्शकले दिएको मायाप्रति अनुग्रहीत हुँदै उनले भने, “हजुरहरुले माया गरेर नामनै परिवर्तन गरिदिनु भयो– मुन्द्रे बनाईदिनु भयो । हजुरहरुले बनाएको मुन्द्रे निराश भएर घर बसेको हेर्न चाहनु हुन्छ त ? त्यसैले अब आउँछ ‘मुन्द्रे’ आफ्नो क्लब लिएर हजुरहरुको माझमा ।”

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?