२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

अर्घाखाँचीमा “विना इजाजत साल रुख कटान” मुद्धामा फरार अभियुत्त पक्राउ

भिम बिसी,
अर्घाखाँची । अर्घाखाँचीमा “विना इजाजत साल रुख कटान” मुद्धामा फरार अभियुत्त पक्राउ परेका छन ।

अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ११ का बस्ने ४० बर्षिय भविश्वर पल्ली पक्राउ परेका छन । उनलाई अर्घाखाँची जिल्ला अदालतले “विना इजाजत साल रुख कटान” मुद्धामा २०६९ सालमा बयालिस हजार ५९२ जरीवाना तोकेको थियो । तर उनी फरार रहेका थिए ।

पल्लीलाई विशेष सूचनाको आधारमा उनकै घरमा लुकिछिपी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

उनलाई पक्राउ पश्चात जिल्ला अदालत अर्घाखाँचीमा दाखिला गरि फैसला भएको जरिवाना रकम असुल गरीएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?