अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८ किमडाडामा आधुनिक ढाका बुनाइ तालिम शुरु भएको छ ।
लालि गुराँस महिला विकास बचत तथा ऋण सहकारी सस्थाको आयोजना तथा सन्धिखर्क नगरपालिका महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाको सहकार्यमा ४५ दिने आधुनिक ढाका बुनाई तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले तालिममा सिकेको सिपलाई ब्यबहारमा उतारी आर्थिक उपार्जन गर्न सहभागीलाई आग्रह गरे ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , वडा नम्बर ८ का कार्यबाहक वडा अध्यक्ष नारायण प्रसाद अर्याल , महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका शाखा प्रमुख बेलकुमारी परियार , नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, सामाजिक विकास समिति सदस्य शुस्मा श्रेष्ठ , वडा सदस्य देवी थापा, कमला सुनार, सहकारीका सल्लाहकार माया नेपाली,प्रशिक्षक बालकुमारी श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम सहकारीका अध्यक्ष जानका बन्जाडेको अध्यक्षता , उपाध्यक्ष गिता थापाको स्वागत र सचिव माया पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।