२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

अर्घाखाँचीमा “विना इजाजत साल रुख कटान” मुद्धामा फरार अभियुत्त पक्राउ

भिम बिसी,
अर्घाखाँची । अर्घाखाँचीमा “विना इजाजत साल रुख कटान” मुद्धामा फरार अभियुत्त पक्राउ परेका छन ।

अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं। ११ सिद्धाराका ४८ वर्षिय बखानजंग आले पक्राउ परेका छन । उनलाई अर्घाखाँची जिल्ला अदालतले “विना इजाजत साल रुख कटान” मुद्धामा २०६९ सालमा बयालिस हजार पाँच सय ९२ जरीवाना तोकेको थियो । तर उनी फरार रहेका थिए ।

आलेलाइ विशेष सूचनाको आधारमा उनकै घरमा लुकिछिपी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?