भिम बिसि,
अर्घाखाँची । अर्घाखाँचीमा कोरोना संक्रमणबाट मंगलबार १ जनाको मृत्यु भएको छ ।
जिल्लाको मालारानी गाउँपालिकाका एक पुरुषको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै हाल सम्म अर्घाखाँची जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।
अब जिल्लाको भुमिकाथान नगरपलीकामा २ र पाणिनी गाउँपालीकामा गरी सक्रिय कोरोना संक्रमितको संख्या ७ रहेको छ । हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४हजार ५ सय ३ पुगेको छ भने कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ४ सय ५ पुगेको छ ।