लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापा अर्घाखाँची आउने भएका छन् । महामन्त्रीमा निर्वाचित भएपछी उनी पहिलो पटक अर्घाखाँची आउने भएका हुन् । उनी आउने भएपछी कांग्रेसिजन उत्साहित भएका छन् ।
यही पौष १९ गते सोमवार पाणिनी गाउँपालिकाद्वारा आयोजित वृहत आमसभालाई सम्बोधन गर्न उनी यहाँ आउने भएका हुन् । पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा हुने वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी आउने कार्यक्रम रहेको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ ।