२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

गुरुङ समुदायले तमु ल्होसार मनाउँदै : आज सार्वजनिक बिदा

काठमाण्डाै । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ का रुपमा मनाउने गरिन्छ । गुरुङकाे बाहुल्य क्षेत्र लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउने गरिएको विश्वास छ । पुस १५ अर्थात आजको रात सबैभन्दा लामो हुने भएकाले पनि यो पर्वको महत्त्व रहेको छ ।

तमु ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुभकामना व्यक्त गर्नुभएको छ । तमु ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?