२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

दक्षिण कोरियामा जन्मदर निरन्तर घट्दो : जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता

एजेन्सी । दक्षिण कोरियामा जन्मदर निरन्तर घट्दोक्रममा देखिएको छ ।

कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुको सङ्ख्या २० हजार ७ सय ३६ थियो । यो एक वर्ष पहिलेको भन्दा ५ दशमलव २ प्रतिशतले कमी हो ।

सन् १९८१ मा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो । यस वर्षको पहिलो १० महिनामा नवजात शिशुहरूको सङ्ख्या दुई लाख २४ हजार २ सय १६ रहेको थियो । यो सङ्ख्या गएको वर्षभन्दा ३ दशमलव ६ प्रतिशतले कमी हो। विवाहमा ढिलाइले बच्चा जन्माउने उमेर पुगेका महिलाहरूको सङ्ख्या कम हुँदै गएको छ ।

पछिल्लो सार्वजनिक तथ्याङ्क अनुसार जन्मदरमा आएको निरन्तरको कमीले दक्षिण कोरियामा जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता समेत बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?