२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हरायो, चेल्सी र ब्राइटनको बराबरी

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हराएको छ ।

आज बिहान भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो । सिटीका फिल फोडेनले खेलको १६ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । सिटी अङ्कतालिकाको शीर्षस्थानमा कायमै छ । उसको २० खेलमा ५० अङ्क छ ।

अर्को खेलमा चेल्सी र ब्राइटनले बराबरी खेलेका छन् । चेल्सी र ब्राइटनले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । चेल्सीले खेलको २८औँ मिनेटमा रोमेलु लुकाकुको गोलबाट अग्रता बनाएको थियो तर अन्तिममा जोगाउन नसक्दा खेल बराबरी भयो । अङ्क तालिकामा दोस्रो स्थानमा रहेको चेल्सीको २० खेलमा ४२ अङ्क छ ।

शीर्ष स्थानको सिटी चेल्सीभन्दा ८ अङ्कले अगाडि छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?