२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

कर्णाली प्रदेशको खरिद तथा आपुर्ति शाखाको क्वार्टरमा चारजना मृत भेटिए

कर्णाली प्रदेशको खरिद तथा आपुर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा चारजना मृत भेटिएका छन् । गएराति खाना खाएर सुतेका सातमध्ये चारजना मृत भेटिएका हुन् भने बेहोस् रहेका तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

मेडिकल स्टोरको कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका कालिकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उनका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र २१ वर्षीय बहिनी नन्दकली भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सँगै सुतेकी धनप्रसादी २४ वर्षीया श्रीमती शुशिला भट्टराई, जेठो छोरा तीन वर्षीय दिवश भट्टराई र १८ वर्षीय भाइ नरेन्द्र भट्टराई भने बेहोस अवस्थामा भेटिएपछि उनीहरुलाई भेरी अस्पताल लगिएको एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । चिसो बढेकाले उनीहरु बेलुका कोइला बालेर सुतेको र निसास्एिर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?