अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले प्रथम पालिका स्तरीय अधिवेशन सन्धिखर्क नगरपालिकाको सम्पन्न गरेको छ ।
अधिवेशनले प्रेम खनालको अध्यक्षतामा १९ सदस्य कमिटी गठन गरेको छ । जस्को उपाध्यक्षमा विष्णु प्र। आचार्य, सचिवमा सुमित गौतम , कोषाध्यक्षमा गीता ढुँगाना सदस्यहरुमा क्रमशः मोहन के।सी, कुलदीप पोख्रेल, मेघराज पोखरेल, जुन भुसाल, हिमलाल बन्जाडे, टोपलाल आचार्य, पवित्रा पुन, जगत खनाल, सन्त ब। मुखिया, गोपाल अधिकारी , अमृता नेपाली , कमला पौडेल आचार्य रहेका छन भने ३ जना पछि मनोनित गरिने भएको छ ।
त्यसैगरी ४ सदस्य सल्लाहकार सदस्य समेत चयन गरेको छ । जसमा विश्वराज ज्ञवाली , नवराज गौतम , जीवनारायण आचार्य र प्रमोद के।सी रहेका छन ।
कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य पिताम्वर भुसाल, विशिष्ट अतिथि नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटी सचिव तोज बहादुर रायमाझी , अथितिहरु जिल्ला सचिवालय सदस्य नारायण प्र। अर्याल, सन्धिखर्क नगर अध्यक्ष श्रीकृष्ण भुसाल , उपसचिव लक्ष्मण पराजुली, वडा अध्यक्षहरु क्रमश युवराज बन्जाडे, लक्ष्मीनारायण चुदली, सिबिय उपाध्यक्ष हरि डुम्ब्रे,करार कर्मचारी संघ प्रदेश बरिष्ठ उपाध्यक्ष सुदिप जिसि ,करार कर्मचारी संघ प्रदेश उपाध्यक्ष माया पन्थी लगायत करिव ७० जनाको उपस्थितिरहेको थियो ।
कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अध्यक्ष सिला पोख्रेलको अध्यक्षता संगठनका उपाध्यक्ष तुलसा बस्नेतको वागत मन्तब्य र संगठनका सचिव गणेश प्रसाद भण्डारीको संचालनमा सम्पन्न भएका थियो ।