बिष्णु खनाल । नेपाली कांग्रेसका लुम्बिनि सहमहान्त्री बिष्णु प्रसाद खनाल “मुस्कान”ले अझै पनि देशमा राष्ट्रिय एकता मजबुत हुन नसकेको बताएका छन ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीले आयोजना गरेको ४६ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पार्दै चियापान तथा अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै मुस्कानले देशलाई सम्वृद्धितर्फ लैजानका लागि विभिन्न राजनीतिक दलसँग सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए ।
निवर्तमान पार्टी सभापति तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुस्कानले जनतालाई मालिक बनाउने उदेश्य राखेर दलहरुले काम गर्नुपर्ने सन्देश राष्ट्रिय मेलमिलाप दिवसले दिन सकोस् भन्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व पार्टी सभापति कमल प्रसाद भुसाल, नेकपा एमालेका जिल्ला सचिव विधान रायमाझी, नेकपा माओवादी केन्द्रका डिलाराम पाण्डे, नेकपा समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, राष्ट्रिय जनमोर्चाका गोपाल पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष दिपक कुँवर, नेपाल परिवार दलका डिल्लीराज भुसाल, नेकपा विप्लवका नविन खड्का, जनता समाजवादी पार्टीका पुष्करनाथ आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतले शुभकामना मन्तव्य राख्दै वि.पी. कोईरालाले अगाडी सारेको मेलमिलापको अभियानलाई सबै राजनीतिक दलले अनुशरण गर्दै एकजुट भएर देश विकासमा लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनि प्रदेश सदस्य शान्ता भण्डारी, महाधिवेशन प्रतिनिधि लेखनाथ पोख्रेल, जिल्ला उपसभापति बावुराम पौडेल, जिल्ला सचिव अच्युत गौतम, सहसचिव कमल पौडेल, क्षेत्रीय सभापति राजेश कुमार पन्थी, हेमन्त बेल्बासे, सन्धिखर्क नगर सभापति बावुराम भुसाल, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, पालिका सभापति, वडा सभापति, भातृ संगठनका नेताप्रतिनिधि, शुभेच्छुक संघसंस्थाका नेता प्रतिनिधि, सञ्चारकर्मी, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम जिल्ला सभापति केशव श्रेष्ठको सभापतित्व, उपसभापति बिष्णु प्रसाद भुसालको स्वागत मन्तव्य र जिल्ला सचिव कृष्ण प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको हो ।