एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजयी प्राप्त गर्नेमा आशावादी रहेको जनाएको छ ।
सङ्गठनका प्रमुख डा. टेड्राेस आध्यनोम ग्रेब्रेयससले कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नुपर्ने बताए ।डब्ल्यूएचओका प्रमुख डा. गेब्रेयससले नयाँ वर्ष २०२२ को शुभकामना सन्देशमा ‘साँघुरो राष्ट्रवाद र खोप सञ्चय’ लाई लिएर चेतावनी दिए ।
दुई वर्ष पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी त्यसयता विश्वभर फैलिएको छ । अहिले विश्वभर सङ्क्रमितको सङ्ख्या २ सय ८७ मिलियन पुगेको छ ।
कोरोनाका कारण ५५ लाख मानिसको ज्यान गएको छ ।