२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

कांग्रेस सभापति देउवाद्वारा १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनयन गरेका ५न । विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ ।

देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डाक्टर प्रकाशशरण महत, डाक्टर नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन । प्रकासमान सिंह र विमलेन्द्र निधि सभापतिको पहिलो चरणको चुनावमा पराजित भएका थिए । यस्तै विजयकुमार गच्छदार उपसभापति र प्रकासशरण महत महामन्त्रीमा पराजित भएका थिए ।

कांग्रेसको विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । सभापतिका निकटम प्रतिस्पर्धी स्वतस् केन्द्रीय सदस्य हुने व्यवस्था अनुसार शेखर कोइराला केन्द्रीय सदस्य भइसकेका छन ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?