१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

छत्रदेवमा पानीको समस्या भएका ३ सय घरपरिवारलाई पानी ट्याङ्की वितरण

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पानीको समस्या रहेको क्षेत्रमा निशुल्क पानी टंकी वितरण गरेको छ ।

वडा नम्बर ५ को वडा कार्यालयले पानीको समस्या रहेको क्षेत्रमा तत्कालको लागि सहजहोस भनेर आर्थिक बर्ष ०७८/०७९ कार्यक्रम अनुसार करिव ३सय घर परिवार लाई ५ सय लिटरको निशुल्क हिल टंकी वितरण गरेको गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिए ।

सोहि वडामा पानीको समस्या भएका ७ सय घरपरिवारलाई टंकी वितरण कार्यक्रम यो आर्थिक वर्षमा पुराहुने समेत गाउँपालिका अध्यक्ष पोखरेलले बताए । यसले कुवाको पानी बोकेर घरमा ल्याएर राख्न र तरकारी खेती गर्नको लागि केही भएपनि सहज हुने स्थानीयको भनाई छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ,प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ वडा नम्बर ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

May be an image of 8 people, people standing and outdoors

May be an image of outdoors

May be an image of 6 people, people sitting, people standing and road

May be an image of 10 people, people sitting, people standing and outdoors

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?