बुटवल । पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउने संख्या ८ पुगेको छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले मृतकको संख्या ८ पुगेको जानकारी दिएका छन् । मृतकमध्ये पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा रुपन्देहीको बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली, विजय थापा क्षेत्री, भोजेन्द्र विक र शंकर विक रहेको बताईएकाे छ ।
दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन्। उनीहरुको तानसेनमा उपचार भइरहेको छ । बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पा रिब्दिकोट २ लघुवामा आइतबार बिहान दुर्घटना भएको थियो। लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
बसमा ३५ जना मलामी रहेको प्रहरीले जनाएको छ। अहिले उद्धार कार्य जारी रहेको छ।