सन्धिखर्क । सन्धिखर्क नगरपालिकाले वडा नम्बर २ का वादी समुदायलाई साेलार बत्ती वितरण गरेको छ ।
वडा नम्बर २ काे भद्री खाेलामा रहेका १३ वादी घर परिवारलाई अाज एक कार्यक्रमका बिच नगर प्रमुख कमल प्रसाद भुसालले निशुल्क साेलार वितरण गरेका हुन । साेलार वितरण गर्दै नगर प्रमुख कमल प्रसाद भुसालले वादी समुदायको उत्थानमा नगरपालिकाले काम गरिरहेको बताए । उनले वादी समुदायलाई निशुल्क घर बनाइदिएकाे बताउदै खानेपानीकाे ब्यबस्थापन गर्न तथा जिवनस्तर उकास्न नगरपालिकाले काम गरिरहेको बताए ।कार्यक्रममा वडा अध्यक्ष माेतिजंग रायमाझीले वडा भित्र रहेका वादी समुदायको ब्यबस्थित बसाेबास निर्माणमा नगरपालिकाले काम गरिरहेको बताए ।
कार्यक्रममा वडा सदस्य यमलाल पाैडेल, नगरपालिका याेजना शाखाका नारायण पाेख्रेल, सीता विसी, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण अाचार्य, स्थानीय मधु वादी लगायतकाे उपस्थितिमा साेलार बत्ती वितरण गरिएको हाे ।