अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा लुम्बिनी प्रदेश कमिटी सदस्य पिताम्बर भुसालले उम्मेदवारी दिने भएका छन ।
यही पुस २३ गते सन्धिखर्कमा हुने ८औं जिल्ला अधिवेशनमा एमाले जिल्ला अध्यक्ष पदमा उम्मेदवारी दिने भुसालले बताए। लगातार २४ वर्ष जिल्ला कमिटी सदस्य, सचिवालय सदस्यको रुपमा पार्टी काममा निरन्तर खटेका नेता भुसाल कुशल संगठक तथा सबैमा लोकप्रिय वैचारिक नेताका रुपमा चिनिन्छन ।
२०७५मा एमाले र माओवादी केन्द्र एकता पश्चात तत्कालीन २०६५ मा वुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि, २०७० मा काठमाडौँमा सम्पन्न नवौ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि, २०७८ असोजमा सम्पन्न ऐतिहासिक प्रथम विधान महाधिवेशन प्रतिनिधि र २०७८ मंसिरमा चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि जानुभएका भुसाल हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन ।