नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार

काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्ने भएको छ ।

वर्तमान राजनितिक परिस्थिती र आगामी रणनिती तय गर्न कांग्रेसको बैठक बस्न लागेको सहमहामन्त्री प्रकाशसरण महतले बताए । कार्यसमिति बैठक बस्ने भएपछी वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका नेताहरू आज छलफलमा जुटेका छन्। महामन्त्री शशांक कोइरालाको निवासमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेताहरूले सोमबार छलफल गरेका छन्।

‘भोलि बस्ने केन्द्रीय समितिमा वर्तमान परिस्थिती, पार्टी महाधिवेशनलगायत विषयमा छलफल केन्द्रीत हुन्छ,’ कोईरालाले बताए । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भनेको छ। दुई चरणमा आन्दोलन गरेको कांग्रेसले भोलिको केन्द्रीय समितिबाट थप आन्दोलनका कार्यक्रम ल्याउने सम्भावना छ।

वरिष्ठ नेता पौडेल थप आन्दोलनका कार्यक्रम ल्याउन सभापति शेरबहादुर देउवालाई दवाव दिनुपर्ने पक्षमा छन्। महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले सेतोपाटीसँग कुराकानी गर्दै महामन्त्री निवासमा छलफलको कार्यक्रम रहेको जानकारी दिए।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published.