लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अनेरास्ववियु नेता प्रदिप नेपालीले नेकपा एमाले अर्घाखाँचीको आठौं जिल्ला अधिवेशनमा जिल्ला उपसचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज रहेका युवा नेता नेपाली एमाले पार्टीको राजनीतिमा सक्रिय रहेका छन् । नेपाली विद्यार्थी अवस्था देखिनै राजनीतिमा सक्रिय रहेका छन् । लामो समयसम्म अनेरास्ववियुमा काम गरेकाले अब पार्टीको नेतृत्व सम्हाल्ने बेला आएको उनले बताए । ‘धेरै समयदेखी विद्यार्थी संगठन सम्हाल्दै आएको थिएँ, नेपालीले भने,‘युवाहरुको नेतृत्व गर्दै पार्टी राजनितीमा सक्रिय रहने सोंच बनाएको छु ।’
यही पुस २३ गते एमालेको जिल्ला अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटीको निर्माण गर्नेछ । जिल्ला अधिवेशनमा सन्धिखर्क नगरपालिकाबाट ९९, शितगंगा नगरपालिकाबाट ६८, भुमिकास्थान नगरपालिकाबाट ६१, मालारानी गाउँपालिकाबाट ७२, पाणिनि गाउँपालिकाबाट ६४, छत्रदेव गाउँपालिकाबाट ५६, विभिन्न शाखाबाट १५, आयोजक कमिटीका १०० र मनोनित २७ गरि कुल ५६३ प्रतिनिधि सहभागि हुनेछन् ।