२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

गैरकानूनी शुल्क लिने मेडिकल कलेजलाई कारवाही हुन्छ : शिक्षा मन्त्रालय

काठमाण्डौं । सरकारले गैरकानूनी शुल्क लिने मेडिकल कलेजलाई कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानूनीरुपमा विद्यार्थीहरुबाट बढि शुल्क असुल गरीएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम कारवाही हुने चेतावनी दिएको हो ।

शिक्षा मन्त्रालयले बुधवार विज्ञप्ती जारी गर्दै भनेको छ, ‘गैरकानूनीरुपमा विद्यार्थीहरुबाट बढि शुल्क असुल गरीएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५को दफा १४ बमोजिम कारवाही हुने व्यहोरा सर्वसाधारणमा यो सूचना प्रकाशित गरिएको छ ।’

ऐनमा गैर कानूनी शुल्क लिए सम्बन्धन खारेजसम्मका अधिकार रहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?