२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

राष्ट्रिय सभा चुनाव : उम्मेदवारलाई चुनाव चिह्न दिइयाे

काठमाण्डाै । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि दलका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । आज आइतवार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो ।

आउने माघ १२ गते हुने चुनावका  लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न वितरण गरिएको हो । राष्ट्रिय सभा सदस्य चुनावमा  सात वटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन् ।

आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रुख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्र हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई कलम चिह्न प्रदान गरेको हो ।

त्यसैगरी राप्रपाका उम्मेदवारलाई हलो, जनता समाजवादी पार्टी नेपालका उम्मेदवारलाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवारलाई साइकल, नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलाई मादल र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई गिलास चिह्न प्रदान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?