शोभाखर पन्थी ।
अर्घाखाँची । नेकपा एमालेका नवनिर्वाचित जिल्ला अध्यक्ष पिताम्बर भुसालले आजदेखी पदभार ग्रहण गरेका छन् । नेकपा एमालेको ८ औं जिल्ला अधिवेशन बाट सर्वसम्मत अध्यक्ष चयन भएका भुसालले आजै देखि औपचारिक रुपमा पार्टी नेतृत्व सम्हालेका छन् । पदभार ग्रहण गरेपछी उनले पार्टीलाई थप परिमार्जित र उत्कृष्ट बनाउँदै लैजाने बताए । एमालेलाई उत्कृष्ट बनाउन आफु लागीरहने उनको भनाई छ ।
यस अघि जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष भुसाल लगायतका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले अधिवेशन पछि नेकपा एमाले थप एकताबद्ध र सुदृढ पार्टी भएको बताए। उनले एमाले भित्र विवाद सिर्जना गरि पार्टी लाई अस्तव्यस्त पार्नेहरुको सपना सर्वसम्मत नेतृत्व चयनले चकनाचुर पारेको भन्दै उच्च मनोबलका साथ पार्टी काममा जुट्न कार्यकर्ता लाई आग्रह गरेका छन्। नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्रीले मन्तव्य राख्दै आसन्न ३ वटै तहका निर्वाचन जित्ने गरि जिल्ला व्यापी पार्टी निर्माणमा लाग्न आग्रह गरे ।
नेकपा एमालेका निवर्तमान अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र कार्यालय सचिव लिलबहादुर विकको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश कमिटीका सदस्य कुटमदिन अलि, केवी भुसाल, सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल लगायतको उपस्थिती रहेको थियो ।