लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेकपा एमालेमा असन्तुष्टी बढेको छ । जिल्ला अधिवेशन पछी असन्तुष्टी सतहमा आएको हो । यही पौष २३ गते भएको जिल्ला अधिवेशन पछी सर्वसम्मतका नाममा अराजकता बढेको भन्दै नेताहरुले सामाजिक सञ्जालमा व्यापक असन्तुष्टी पोखेका छन् ।
एमाले केद्रिय सदस्य चेतनारायण आचार्यका भाई तथा एमाले नेता खुबिराम आचार्यले समाजिक संजालमै नेतृत्वको आलोचना गरेका छन् । पार्टी भित्र अराजकता र आफन्तवाद मौलाएको भन्दै उनले त्याग गरेको पंक्ती बाहिर रहेर कमिटी चल्न नसक्ने बताए । सामाजिक सञ्जाल फेसबुकमा शृङ्खलाबद्ध स्टाटस लेख्दै उनले आफ्नै दाई चेतनारायण आचार्यले विधी, पद्दती मिचेको आशय व्यक्त गरेका छन् ।
यता युवा संघका केन्द्रिय सचिव तथा एमालेका युवा नेता गोविन्द भुसालले पार्टी छोडेको घोषणा गरेका छन् । पार्टी भित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अवसरबाद, नातावाद कृपावाद र नेतृत्वमा देखिएको निरंकुशता देखिको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरि एमाले परित्याग गरेको सचिव भुसालले बताएका छन् । आफुहरु जस्ता इमानदार र निष्ठावान नेता तथा कार्यकर्ताहरु एमाले पार्टी र यसका जनवर्गिय सङठनहरुमा काम गर्न सक्ने अवस्था नदेखिएको उनको भनाई छ ।
यसका अलावा कतिपय जिल्ला तथा गाउँस्तरिय नेताहरुले समेत सर्वसम्मतका नाममा प्रजातान्त्रिक अभ्यासको बाटो बिर्सिएको बताएका छन् । यस्ता गतिविधीले पार्टी झनै कमजोर हुने उनीहरुको भनाई छ । भर्खर नेतृत्व सम्हालेका जिल्ला अध्यक्ष पीताम्बर भुसाललाई पहिलो गासमै ढुंगा लागेको छ । यो समस्यालाई कसरि सम्हाल्छन् ते भने हेर्न बाँकी नै छ ।