१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

तयारी कपडाको मूल्य अत्यधिक बढ्याे

काठमाण्डौ । तयारी कपडाको मूल्य अत्यधिक बढेको छ । गएको वर्षको तुलनामा तयारी कपडामा २० प्रतिशतदेखि शत प्रतिशतसम्म मूल्य बढेको काठमाण्डौको कोटेश्वरमा कपडा व्यापार गर्ने विनोद दाहालले बताए ।

होलसेल पसलमै मूल्य बढेको कारण आफूहरुलाई बिक्री गर्न समेत समस्या भएको उनले बताए । अघिल्लो वर्ष उस्तै कपडा किनेका ग्राहक यो वर्ष मूल्य सुन्दा आत्तिने गरेका उनले बताए।

कोरोना महामारी सुरू भएयता अन्तर्राष्ट्रिय बजारमा मजदुरको पारिश्रमिक वृद्धि हुनुका साथै ढुवानी भाडा बढेपछि विदेशबाट नेपालमा आयात हुने विभिन्न ब्रान्डका तयारी कपडाको मूल्य बढेको व्यापारीहरूले बताएका छन् ।

हिजो राष्ट्रिय व्यापार सङ्घले काठमाण्डौमा आयोजना गरेको १७औँ वार्षिक साधारण सभा तथा नवौँ महाधिवेशनमा नेपाल हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष अशोक श्रेष्ठले कोरोना महामारीका कारण चीनतर्फका तातोपानी र रसुवागढी नाकाको अवस्था व्यापारीहरूका लागि भयावहजस्तै बनेकाले ढुवानी भाडा अत्यधिक रूपमा बढेको बताए ।

उनका अनुसार रसुवागढी नाकाबाट नेपाली व्यापारीहरूले सामान आयात गर्दा चीनतर्फबाट नेपालतर्फको सिमानामा सामान ल्याइ पुर्याउन २२ किलोमिटर दूरीमा प्रतिगाडी भाडादर चार लाख ५० हजार रुपैयाँभन्दा बढी तिर्नु परेको छ । यसले गर्दा कपडाको मूल्य झण्डै ५० प्रतिशत बढेको श्रेष्ठले बताए ।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?