साविक विजेता अल्जेरिया रोकियो सियरा लियोनसँग

साविक विजेता अल्जेरिया रोकियो सियरा लियोनसँग

अफ्रिका कप फुटबलमा साविक विजेता अल्जेरियालाई सिएरा लियोनले बराबरीमा रोकेको छ । क्यामरुनमा गएराति भएको समुह ‘इ’ को खेलमा सिएरा लियोनले अल्जेरियालाई गोलरहित बराबरीमा रोकेको हो ।

गएराति भएको समुह ‘डि’ को खेलमा सुडान र गिनी बिसाउले पनि गोलरहित बराबरीमा चित्त बुझाए । यही समुहको अर्को खेलमा नाइजेरियाले इजिप्टलाई १–० ले हराएको छ ।

दुई उपाधि दावेदारहरुको भिडन्तमा नाइजेरियालाई विजयी गराउन इंग्लिस क्लब लेष्टर सिटीका फरवार्ड केलेची इहिनाचोले निर्णायक गोल गरे ।

अफ्रिका कप फुटबलमा आज राति तीन खेल हुनेछन् । समुह ‘इ’ को खेलमा आईभोरी कोष्टले इक्वेटोरल गिनीसँग खेल्दा समुह ‘एफ’ का खेलहरुमा ट्युनिसिया र माली तथा गाम्बिया र मौरितानिया भिड्ने छन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.