आज पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

आज पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

आज पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार वाग्मती, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।

भोलि बेलुकादेखि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रको एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना देखिएको छ । तराईमा हुस्सु कुहिरो लागेको छ । तत्कालै नयाँ मौसमी प्रणाली भित्रने नदेखिएको र मौसम खुल्दै जाने मौसमविद् मानन्धरले बताए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *