इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले हरायो

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले हरायो

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

गएराति घरेलु मैदानमा लिभरपुललाई जिताउन फाबिन्हो, एलेक्स चाम्बरलिन र ताकुमी मिनामिनोले एक-एक गोल गरे । जितसँगै लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले ४५ अङ्क जोडेको छ ।

तेस्रो स्थानमा धकेलिएको चेल्सीको ४३ अङ्क छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५६ अङ्क छ । यस्तै, गएरातिकै अर्को खेलमा लिड्स युनाइटेडले वेस्ट ह्यामलाई ३–२ गोल अन्तरले हराएको छ । ज्याक ह्यारिसनको ह्याट्रिकसँगै लिड्स विजयी भएको हो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *