८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित पानी पर्ने, पर्सिदेखि मौसममा सुधार आउने

काठमाण्डाै । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्  ।

मौसमविद् मञ्जु बासीकाअनुसार यी तीन प्रदेशमा आज चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । सामान्यतया हिउँदमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुँदैन । तर पछिल्लो समयमा हिउँदको समयमा पनि चट्याङ्ग र असिना समेत पर्न थालेको छ ।

यसलाई जलवायु परिवर्तनसँग जोडेर हेरिए पनि यही मात्रै कारण मान्न नमिल्ने मौसमविद्को भनाइ छ । प्रि-मनसुनको जस्तो अहिले चट्याङ्ग पर्नुको कारणबारे अध्ययन हुन बाँकी छ । यस्तै, आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको समेत सम्भावना छ ।

वाग्मती प्रदेशमा पनि आज हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । राति पनि देशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् बासीले बताउनु भयो । भोलिकाे मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् । भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्ण बद्ली रहने अनुमान छ ।

पर्सिदेखि भने मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । तर, पूर्णरुपमा मौसम खुल्न भने समय लाग्ने उनीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?