प्रिमियर लिग : सिटी बराबरीमा रोकियो, म्यानचेस्टर युनाइटेडसँग वेस्टह्याम पराजित

प्रिमियर लिग : सिटी बराबरीमा रोकियो, म्यानचेस्टर युनाइटेडसँग वेस्टह्याम पराजित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले १२औँ स्थानमा रहेको साउथह्याम्टनसँग एक-एक गोलको बराबरी गरेको हो । खेलको सातौँ  मिटेनमा  साउथह्याम्टनका केली वाल्कर पिटर्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६५औँ मिनेटमा एम्रिक लापोर्टेले गोल गर्दै सिटीलाई हारबाट जोगाए ।

बराबरीसँगै म्यानचेस्टर सिटीको ५७ अङ्क भएको छ भने दोस्रो स्थानको लिभरपुलको ४५ अङ्क छ । यस्तै, गएराति नै भएका अरु खेलमा म्यानचेस्टर युनाइटेड, न्युक्यासल, वुल्भ्स् र एस्टोन भिल्ला विजयी भएका छन् ।

म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई, न्यु क्यासलले लिडस् युनाइटेडलाई र एस्टोन भिल्लाले एभर्टनलनई १–० गोल अन्तरले हराए भने वुल्भ्स्सँग ब्रेनफोर्ड २–१ गोल अन्तरले पराजित भयो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.