८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

राेकिएकाे ‘आरआरआर’ मार्च १८ देखि प्रदर्शन हुने

कोरोनाका कारण प्रदर्शन स्थगित भएको बहुप्रतीक्षित तेलुगु फिल्म ‘आरआरआर’ले आफ्नो नयाँ प्रदर्शन मिति तोकेको छ। कोरोनाको संक्रमण दर कम हुँदै गए मार्च १८ देखि फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माण टोली लागेको हो।

मार्च महिनामा पनि कोरोनाको कहर जारी नै रहे अप्रिल अन्तिम शुक्रबारदेखि प्रदर्शनमा आउने पनि निर्माण टोलीले जनाएको छ। यसअघि जनवरी ७ देखि विश्वव्यापी रुपमा प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाका कारण रोकिएको थियो।

एसएस राजामौलीको लेखन तथा निर्देशन रहेको फिल्म ४ सय करोड(भारु) बजेटमा बनेको हो। फिल्ममा जुनियर एनटिआर र रामचरण मुख्य भूमिकामा देखिँदै छन्। फिल्ममा आलिया भट्ट र अजय देवगनको पनि अभिनय रहेको छ।

यसअघि ‘बाहुबली’ बनाएका राजामौली भारतका सबैभन्दा सफल लेखक तथा निर्देशकमा गनिन्छन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?