२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

राष्ट्रिय पुननिर्माण प्राधिकरणको अर्घाखाँचीमा कार्यक्रम, सम्झौता नगर्ने घरलाई सुचीबाट हटाईने

अर्घाखाँची । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव सुरेश आचार्यले भूकम्पले घर भत्किएको विवरण बुझाएर हाल सम्म सम्झौता नगर्ने घरलाई सुचीबाट हटाउन थालिएको बताएका छन् । धेरै समय भईसकेकोले सम्झौता नगर्ने घरलाई सुचीबाट हटाउन सुरु गरिएको उनले बताए ।

अर्घाखाँचीको सन्धिखर्कमा ‘निजी आवास सहित पुननिर्माणका चालु कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धमा जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रम’ मा प्राधिकरणका सचिव आचार्यले अनुदान सम्झौता गरेका तर घर निर्माण नगरेका लाभग्राहीको पनी सम्झौता रद्द गरिने बताए । पटक पटक ताकेता गर्दापनी सम्झौता नगर्ने र सम्झौता गरेर घर निर्माण नगरेकाहरुलाई सुचिबाट हटाईने उनको भनाई छ । धेरै समय बाँकी नरहेकाले सञ्चालित योजनाहरु छिटो छरितो सम्पन्न गर्न उनले निर्देशन समेत दिएका छन् ।

कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव गोपाल अर्यालले कोरोना महामारी बिच पनी प्राधिकरणले काम नरोकेको बताए । अन्य जिल्लामा भएको प्रगती अनुसार अर्घाखाँचीमा अली कम प्रगती देखीएकाले छिटोटरितो काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल, शितगंगा नगरपालिकाका मेयर सुर्यप्रसाद अधिकारी, मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, छत्रदेब गाउँपालिकाका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, योजनाका ईन्जिनियर लगायत पत्रकारहरुले आआफ्नो धारणा राखेका थिए ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार) का जिल्ला आयोजना प्रमुख सोहिन्दर यादवले निजि आवास पुनर्निर्माण तर्फ ६९.६८ प्रतिशत प्रगति भएको बताएका छन् । उनले हालसम्मको प्रगति विवरण, बाँकी कार्य सम्पन्न गर्न कार्ययोजना प्रस्तुत गरेका थिए । यस्तै नीजि आवास प्रबलिकरण सहित जिल्लाको प्रगती ६३.८ प्रतिशत भएको उनले बताए । १ हजार ३ सय ३६ घर लाभग्राही सुचीमा रहेकामा १ हजार १ सय ९२ जनाले मात्र सम्झौता गरेका छन् । त्यो मध्ये १ हजार १ सय ९२ जनाले नै पहिलो किस्ताको रकम प्राप्त गरेका छन् । दोस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ७ सय ६१ रहेको छ भने तेस्रो किस्ता प्राप्त गर्ने लाभग्राही ६ सय ४४ जना रहेका छन् ।

यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का जिल्ला आयोजना प्रमुख बलराम मिश्रले ८० प्रतिशत भौतिक र ७४ प्रतिशत वित्तिय प्रगती भएको विवरण पेश गरेका छन् । उनले चार कोठे, तिन कोठे र दुई कोठे गरी ५० वटा विद्यालयको काम सम्पन्न भईसकेको ६२ वटा विद्यालयको काम चलिरहेको बताए । कोरोना महामारीका बेला विद्यालयहरुलाई क्वारेन्टाईन र आईसोलेशन बनाईएकाले निर्माणकार्य निर्धारित समय भन्दा ढिला हुने उनको भनाई छ ।

कार्यक्रम जिल्ला समन्वय समिती सभापती पिताम्बर शर्मा भुसालको अध्यक्षता र ठाकुर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?