१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा कृष्ण वर्मा चयन

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा कृष्ण वर्मा चयन भएका छन् । अर्घाखाँचीका अध्यक्ष झविन्द्र खनाल नेपाल सरकारको उपसचिव पदमा नियुक्त भए पश्चात् रिक्त रहेको पदमा नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको मिति गत पौष ११ गतेको निर्णय अनुसार कृष्ण वर्मा अध्यक्षमा चयन भएका हुन् ।

एक कार्यक्रमका बिच बुधवार पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पदभार ग्रहण गर्दै अध्यक्ष वर्माले समग्र कर्मचारीको हक हितको आधिकारिक ट्रेड युनियन सँधै कर्मचारीकै पक्षमा रहेको बताएका छन् । कर्मचारीका दुख-सुखमा सँधै साथमै रहने भन्दै वर्माले रचनात्मक क्रियाकलापमा समेत सक्रिय हुन कार्य समितिलाई आग्रह गरेका छन् ।

त्यस्तै नेपाल निजामती कर्मचारी संगठनबाट सिफारिस भएका हरिप्रसाद डुम्रेले उपाध्यक्षमा र युनियनबाटै सदस्यमा सिफारिस भएका नारायण दमासेले पनि आज नै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष बर्माले निजामती कर्मचारीहरूको हक हितमा रहँदै अधिकतम रचनात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । निवर्तमान अध्यक्ष खनालको नेतृत्वमा युनियनले जिल्लामा रचनात्मक तथा उदाहरणीय काम गर्न सफल भएको थियो । खनालले करिब १ वर्ष आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको नेतृत्व गरेका थिए ।

नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्याल र नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य सूर्य प्रसाद भुसालको आतिथ्यतामा भएको कार्यक्रममा पदभार ग्रहण तथा पद हस्तान्तरण निवर्तमान अध्यक्ष झविन्द्र खनालको अध्यक्षता र विदाई कार्यक्रमको अध्यक्षता कृष्ण वर्माले गर्नु भएको थियो । कार्यक्रम संचालन विकल्प भट्टराईले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?