२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

छत्रदेवमा हाते ट्याक्टर मर्मत सम्बन्धि एक हप्ते तालिम शुरु

अर्घाखाँची । जिल्लाको छत्रदेव गाउँपालिकामा हाते ट्याक्टर मर्मत सम्बन्धि एक हप्ते तालिम शुक्रवारदेखि शुरु भएको छ ।

छत्रदेव गाउँपालिकाको आयोजना र मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रमको आर्थिक सहयोगमा एक हप्ते तालिमको आयोजना गरिएको हो । कृषि पेशा प्रविधि मैत्री बने संगै गाउँगाउँमा भित्रिएका हाते ट्याक्टर बिग्रदा मर्मत गर्ने दक्ष प्राविधिकहरु नहुदा समस्या हुन थालेपछि हाते ट्याकटर मर्मत सम्बन्धि तालिम सञ्चालन गरिएको छत्रदेव गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले बताए ।

तालिममा गाउँपालिकामा रहेका ८ वटा वडाका एकएक जना गरी ८ जनाको सहभागिता रहेको छ । आज एक कार्यक्रमको आयोजना गरी तालिम शुरुवात गरिएको हो । उद्धाटन समारोहमा छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्याल, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम छत्रदेव गाउँपालिका सिफारिस समितिका सदस्य प्रकाश ज्ञवाली, सहजकर्ता भरत न्यौपाने, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, छत्रदेव गाउँपालिकाका पशु शाखा प्रमुख उमानाथ पन्थी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?