१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

सरकारकाे सम्पत्ति निजी क्षेत्रलाई प्रयाेग गर्न दिँदैनाैँ : मन्त्री पाैडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा रहेका सरकारको भौतिक सम्पतिहरू निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन ।

आज आइतवार मन्त्री पौडेलले केशर महलको निरीक्षण गर्दै महल परिसरमा रहेको जमिन निजी क्षेत्रलाई प्रयोजनका लागि नदिने बताएका हुन । उनले विभिन्न सञ्चारमाध्यममा केशर महलबाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचार प्रकाशित भएको भन्दै महलको निरीक्षण गरेको बताए । उनले सरकारी सरचनाहरू नियम विपरीत निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानुनअनुसार कारबाही गरिने उल्लेख गरे ।

मन्त्री पौडेलले महलको पुनर्निर्माणमा ढिलाइ हुँदा मन्त्रालयसँग सम्बन्धित कतिपय कामहरू व्यवस्थित गर्नका निम्ति भौतिक ठाउँको अभाव भएको समेत बताए । उनले अबको ६ महिनाभित्रमा केशरमहलको काम सक्ने गरी लाग्न पनि निर्देशन दिए

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?